Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १६ सोमबार १०:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

माइनस ३ डिग्रीमा काम गर्दै अमिताभले भने, ‘दिमागले एउटा भन्छ म अर्कै गरिरहेछु’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १६ सोमबार १०:१४:००

बलिउड अभिनेता अमिताभ बच्चन केही दिनयता माइनस ३ डिग्रीभन्दा तलको तापक्रममा काम गरिरहेका छन् ।  फिल्म ‘ब्रह्मास्त्र’को छायांकनका लागि उनी केही दिनयता भारतकै मनालीमा छन् । जहाँको तापक्रम अत्यन्तै तल पुगेको छ ।

ट्विटरमार्फत फोटो सेयर गर्दै उनले आफू यस्तो जाडोमा काम गरिरहेको बताएका छन् । ७७ वर्षीय यी अभिनेताले ट्विटरमार्फत भनेका छन्, ‘माइनस ३ डिग्री र काम गर्ने यो तरिका ।’ चेक सर्ट र सन ग्लासेस लगाएको फोटो सेयर गरेका बच्चन फोटोमा निकै स्टाइलिस देखिएका छन् । 

केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरहरुले उनलाई आरामको जरुरत रहेको र घरमै बस्न भनेका थिए । त्यसैताका उनले आफू फिल्म लाइनबाट टाढा हुने वेला आएको समेत बताएका थिए । ‘एक पटक फेरि नयाँ ठाउँ र नयाँ अभ्यासको काम गर्ने रहर छ । मैले फिल्म लाइन छोड्ने वेला आएको छ,’ बच्चनले आफ्नो ब्लगमार्फत भनेका थिए, ‘दिमागले एउटा भनिरहेको छ, मैले अर्कै गरिरहेको छु ।’