मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बसन्त खतिवडा
२०७५ पौष १ आइतबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार

बजेटको विषयमा विवाद हुँदा वडाअध्यक्ष-सदस्यबीच हात हालाहाल

Read Time : < 1 मिनेट
बसन्त खतिवडा
२०७५ पौष १ आइतबार १८:०२:००

बाराको कलैया उपमहानगरपालिका-१२ का वडाध्यक्ष र सदस्यबीच आइतबार हात हालाहाल भएको छ । बाटो निर्माणका लागि रकम निकासा गर्ने विषयमा वडाध्यक्ष राजेश्वरप्रसाद केशरी र वडासदस्य लक्ष्मी साहबीच हात हालाहाल भएको हो ।


सडक मर्मतका लागि वडा कार्यसमितिले लागि पचास हजार रुपैयाँ छुट्टयाएकोमा वडाध्यक्ष केशरीले झण्डै पाँच लाख रुपैयाँ निकासा गरेपछि विवाद भएपछि हात हालाहाल भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।


वडाध्यक्ष केशरीले बाटो मर्मत गरे वापत चार लाख १९ हजार रुपैयाँ झिकेको वडासदस्य साहले बताए । साहले कलैया उपमहानगरपालिकाका इञ्जिनियर राजकुमार साहसँग बाटो मर्मतको लागत इस्टिमेटबारे जानकारी लिने क्रममा वडाध्यक्ष केशरीले अपशब्द प्रयोग गरेपछि विवाद भएको स्वीकार गरे । वडा समितिको बोर्ड बैठकले बाटो मर्मतका लागि ५० हजार विनियोजन गरेको थियो ।