Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका रामेछाप
२०७६ मङ्सिर १६ सोमबार ०८:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

क्रान्तिकारी माओवादीले बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रामेछाप
२०७६ मङ्सिर १६ सोमबार ०८:३९:००

भारतले नेपाली सीमा मिचेको विरोधमा नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा काभ्रेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । मोर्चा क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा हो । 

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य गणेश खड्गी गगनको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईमार्फत आइतबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भारतले जारी गरेको नक्सा सच्याउनुपर्ने र सन् १९६२ बाट नेपाली भूमि कालापानीमा बस्दै आएका भारतीय सेना तत्काल हटाउनुपर्ने माग गरिएको छ । 

भारतले नक्सा नसच्याए तथा कालापानीबाट भारतीय सेना नहटाए अन्तर्राष्ट्रिय अदालत जान पछि नपर्ने उल्लेख छ । यस्तै, भारतले जारी गरेको नक्कली नक्सालाई प्रतिबन्ध गरी सक्कली नक्सा प्रकाशन गर्न र तीनवटै तहका सरकारले त्यसैलाई प्रयोगमा ल्याउन माग गरिएको छ ।