१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुरन्जन घिमिरे काठमाडौं 
२०७६ मङ्सिर १५ आइतबार १५:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

यी कारणले भक्तपुरमा हार्यो नेकपा  

Read Time : > 1 मिनेट
सुरन्जन घिमिरे काठमाडौं 
२०७६ मङ्सिर १५ आइतबार १५:५०:००

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाममा नेपाल कम्युनिष्ट पार्टी अग्रस्थानमा रहँदै गर्दा भक्तपुरमा भने पछाडि परेको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका कृष्णलाल भँडेलले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल (डिपि)लाई पराजित गरेका छन् ।

उपनिर्वाचन भएका तीन प्रदेशसभा सदस्यमध्ये भक्तपुर–१ (क) को मत परिणाम सार्वजनिक भइसकेको छ ।

०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका जीवन खत्रीले ९ हजार ९७७, नेकपा (माओवादी केन्द्र) ले ७८४ मत ल्याएको थियो । 

०७४ को निर्वाचनमा एमालेतर्फका उम्मेदवार हरिहरण लामिछाने १२ हजार ७८९ मतसहित विजयी भएका थिए ।

पुराना र ‘त्यागी’ उम्मेदवार
अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरूले दाबी गरेका थिए ।

उपनिर्वाचनका लागि टिकट पाएका उम्मेदवार डीपी ढकालले आफू ०७४ सालको बागी उम्मेदवार नभएर त्यागी उम्मेवार भएकोसमेत बताएका थिए ।

पूर्वमाओवादी पृष्ठभूमिका ढकाल प्रचण्डनिकट मानिन्छन् । वर्षमान पुन अर्थमन्त्री भएका बेला ढकाल उनका स्वकीय सचिव थिए ।

नेकपामा विवाद
उपनिर्वाचनको उम्मेदवारीमा नेकपाले पूर्वमाओवादीलाई टिकट दिएकोमा विरोध जनाएका थिए ।

उपनिर्वाचन प्रचारप्रसारकै समयदेखि यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाएका थिए ।

यसअघिको निर्वाचनमा उक्त क्षेत्रबाट पूर्वएमालेका पराजुली विजयी भएकाले पूर्वएमालेनिकट  नेता–कार्यकर्ताले पूर्वएमालेबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै असन्तुष्टि जनाएका थिए ।

०७४ को चुनावमा तत्कालीन माओवादीले पाएको टिकट एमालेले जबर्जस्ती खोसेको भन्दै पूर्वमाओवादी नेताहरू एमालेनिकट नेतासँग असन्तुष्ट रहेका थिए ।

यो उपनिर्वाचनमा पनि पूर्वमाओवादीनिकट उम्मेदवारलाई नै टिकट दिएकोप्रति जिल्लास्थित पूर्वएमाले नेताहरूले असन्तुष्टि जनाएको पूर्वमाओवादी नेताहरूको गुनासो थियो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भए पनि कार्यकर्ताहरु एकआपसमा उम्मेद्वारको विषयलाई लिएर झगाडा गरेको फाइदा नेपाली कांग्रेसलाई पुगेको नेकपाकै नेताहरूको बुझाइ छ ।

सहानुभूतिको मत
उपनिर्वाचनको प्रचार चलिरहेकै बेला कांग्रेसका भँडेलले आमा गुमाउनुप¥यो । कांग्रेसको पक्षमा भोट पर्नुमा यो पनि एउटा कारण भएको बुझिन्छ ।

अन्य दल निक्कै पछाडि
अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाल मजुदर किसान पार्टी (नेमकिपा) को पनि भोट घटेको छ । ०७४ मा सात हजार १९ मत ल्याएको नेमकिपा यसपटक जम्मा ५ हजार ८६४ मतमा खुम्चिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मत परिणम पनि ०७४ को निर्वाचनभन्दा कम रहेको छ । ०७४ मा ४८५ मत प्राप्त गरेको राप्रपाले यो पनिर्वाचनमा ५७४ मत ल्याएको छ ।

अघिल्लो निर्वाचनमा ७८३ मत प्राप्त गरेको साझा पार्टीले यसपटक जम्मा ३९३ भोट प्राप्त गरेको छ ।

यसअघिको निवर्नचनमा तत्कालीन नयाँ शक्ति पार्टीले ७८ मत प्राप्त गरेको यो क्षेत्रमा एकीकरणपछि बनेको समाजवादी पार्टीले ३२ मत प्राप्त गरेको छ ।

यस्तै अघिल्लो निर्वाचनमा २१ मत ल्याउन सफल कांग्रेस (वीपी)ले यसपटक जम्मा २ मत ल्याएको छ । 

अघिल्लो निर्वाचनमा उम्मेदवारी नदिएको नेकपा (माले)ले ३७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ५ मत पाएका छन् ।

यो उपनिर्वाचनमा यस क्षेत्रबाट १० जना स्वतन्त्र उम्मेदवार रहेका थिए  ।