मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १५ आइतबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीले आइप्याडमा सागको उद्घाटन हेर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १५ आइतबार १३:३५:००

बिरामी भएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आसियू कक्षबाटै हेर्ने भएका छन् ।

उनलाई आइप्याडमा उद्घाटन कार्यक्रम देखाउने तयारी अस्पतालमा भइरहेको छ । प्रधानमन्त्री ओलीले उद्घाटन हेर्ने इच्छा गरेपछि अस्पतालले त्यसका लागि आइप्याडमा देखाउने तयारी गरेको हो ।

प्रधानमन्त्रीको उपचार टोलीका संयोजक डा. अरुण सायमीले आइसीयूमै आइप्याडबाट खेलको उद्घाटन देखाउने तयारी गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस भएपछि गत मंगलबार त्रिविवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।