१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १५ आइतबार १२:०३:००
Read Time : < 1 मिनेट
ब्लग

माग सम्बोधन गर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १५ आइतबार १२:०३:००

गत मंसिर १० गते अखिल नेपाल सेक्युरिटी मजदुर संघको भेलाबाट केन्द्रीय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका एलपी ढकालको जित स्वागतयोग्य छ । ०६५ सालमा सेक्युरिटी मजदुर संघको स्थापनाकालदेखि उनी निरन्तर मजदुरको समस्या समाधानमा अहोरात्र खट्दै आएको हामी सबैलाई ज्ञात छ ।

अध्यक्षका रूपमा उनको आगमनले सम्पूर्ण शोषित पीडित सेक्युरिटी मजदुर हर्षित भएका छन् । यद्यपि, माओवादी धारबाट आएका ढकालका सामु ठूलो चुनौती छ । तत्कालीन एमाले सम्बद्ध नेता र कार्यकर्ताको पंक्तिलाई मिलाएर लैजान सक्ने, सेक्युरिटी मजदुरलाई उनीहरूको न्यूनतम पारिश्रमिक दिलाउने, उनीहरूको सामाजिक सुरक्षालाई केन्द्रमा राखेर सरकारसँग सहकार्य गर्ने, उनीहरूका केटाकेटीको उचित शिक्षादीक्षाका लागि पहल गर्नेजस्ता केही महत्वपूर्ण मुद्दा उनका सामु रहेका चुनौती हुन् ।

सम्बन्धित निकायले यसतर्फ ध्यान दिन नसकिरहेको अवस्थामा यस्ता मुद्दालाई सम्बोधन गराउन सक्नु नै उनको कार्यकालको सफलता हो । 
 निरञ्जन मैनाली, बारा, हाल : काठमाडौं