१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर १५ आइतबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरमा कांग्रेस जित नजिक, करिब ३ हजार मत मात्र गन्न बाँकी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ११:००:००

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले अग्रता कायमै राखेका छन् । चागुनारायण नगरपालिका वडा १ देखि ९ सम्मको मत गनिसक्दा भंडेलले १३ हजार ८३ मत प्राप्त गरेका छन् ।

नेकपाका देवीप्रसाद (डिपी) ढकालले १० हजार ६ सय ९४ पाएका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ३ हजार ८ सय ६० मत ल्याएको छ । करिव ३ हजार मत गन्न बाँकी हुँदा कांग्रेसका उम्मेदवार प्रतिस्पर्धी नेकपाका उम्मेदवारको भन्दा २ हजार ३ सय ८९ मतले अघि छन् ।

सो क्षेत्रमा पर्ने भक्तपुर नगरपालिका वडा १० को मात्र मतगणना बाँकी छ । वडा १० मा २ हजार ९ सय ७७ मत खसेको छ । नेमकिपाको बाहुल्य रहेको उक्त वडाबाटै नेकपा उम्मेदवार ढकालले मतदान गरेका थिए ।

त्यसकारण ढकालले यस वडाबाट कांग्रेसको उम्मेद्वारभन्दा बढी मत ल्याउन सक्ने अनुमान छ । नेमकिपाको बाहुल्य र ढकालले मतदान गरेको वडा हुनाले कांग्रेससँगको मतान्तर नेकपाले घटाए पनि पूर्ववत मतान्तरका आधारमा नेकपाले जित्न असहज छ ।