मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १५ आइतबार ०८:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शव बोकेको एम्बुलेन्स दुर्घटना, एकैै परिवारका ५ सहित ६ को मृत्यु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ०८:४०:००

सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा एम्बुलेन्सलाई ट्रकले ठक्कर दिंदा एकै परिवारका ५ सहित ६ जनाकाे मृत्यु भएको छ । शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ जादैं गरेको  ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिंदा एम्बुलेन्स चालकसहित ६ जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट भण्टावारीले जानकारी दिएको छ । 

मृत्यु हुनमा चालक उदयपुर त्रियुगा नगरपालिका १० का राजेश दनुवार, त्रियुगा नगरपालिका १० कै ३४ वर्षीय दुर्गाधन राई, ३२ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३४ वर्षीय मुकेश राई, ३४ वर्षीय दिनेश राईरहेका छन् ।

नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव गजेन्द्र राईकी हजुर आमा शिवमाया राईको विराटनगरमा उपचारका लागि लगिएको थियो । उच्च रक्तचापले शिवमायाको मृत्यु भएपछि शव लिएर घर फर्कदैं गर्दा दुर्घटना भएको नाती गजेन्द्रले जानकारी दिए ।  दुर्गाधन र टेकेन्द्र नाती हुन । मृतक सबैको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ् ।