Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार

मत गणनाका लागि भक्तपुर र महोत्तरीमा सर्वदलीय बैठक सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार २०:४४:००

भक्तपुर १ (क)मा भएको उपनिर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ । बैठकपछि मत गणना गरिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । 

भक्तपुरमा कूल मतदाताको ७० प्रतिशतले मतदान गरेका थिए । यस्तै महोत्तरीको पिपरा गाउँपालिकामा पनि सर्वदलीय बैठक सुरू भएको छ । गाउँपालिकाको अध्यक्षका लागि उपनिर्वाचन भएको थियो । सो गाउँपालिकामा कूल मतदाताको ६७.८२ प्रतिशत मत खसेको र सर्वदलीय बैठकपछि आजै राति १० बजेबाट मत गणना गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।

आज भएकाे उपनिर्वाचनमा प्रतिनिधि सभातर्फ ११, प्रदेश सभातर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू प्रतिस्पर्धामा रहेका छन् ।