मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १४ शनिबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरमा ३० प्रतिशत मतदान सम्पन्न, गणना साँझैबाट गर्ने तयारी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १४ शनिबार १२:२९:००

भक्तपुरमा अहिलेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु मतदानमा मतदाताको उत्साह कम देखिएकाे प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । 

मतदान सकिएसँगै मत पेटिका संकलन गर्ने र सर्वदलीय सहमति अनुसार आज साँझबाटै मतगणना सुरु गरिने उनले बताए । मत गणनाको लागि खरिपाटी तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ । 

मतदान केन्द्रमा शशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुगमन गरेका छन् ।