मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १४ शनिबार ११:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भोट दिनकै लागि गृहजिल्ला आएको हुँ : खानेपानीमन्त्री मगर

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १४ शनिबार ११:१७:००

पुर्नवास नगरपालिका ३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा खानेपानीमन्त्री तथा प्रतिनिधीसभा सदस्य बिना मगरले मतदान गरेकी छिन् । उनले बिहान ९ बजेर २० मिनेटमा मतदान गरेकी हुन् । 

पुर्नवासको रामबस्तीमा रहेको गोरखआधारभूत विद्यालय मतदान स्थल पुगेर खानेपानी मन्त्री मगरले मतदान गरेकी हुन् । (क) मतदान केन्द्रमा खानेपानी मन्त्री मगरको नामावली रहेको छ । मतदान पश्चात मन्त्री मगरले भोट दिनकै लागि गृहजिल्ला आएको बताईन । ‘म निर्वाचनकै लागि यहाँ आएको हुँ,  ‘उनले भनिन्, ‘यस अघि पनि वडामा राम्रै काम भइरहेको थियो, अब पनि हुन्छ, भन्ने आशामा छु ।’ 

मतदान केन्द्रमा पूर्व जिल्ला सदस्य छेत्र बहादुर लामाले पहिलो मतदान गरेका हुन् । 

उक्त मतदान केन्द्रमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले समेत बिहान ८ बजेतिर मतदान गरेका थिए । भने नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतकसमेत रहेका प्रदेश सदस्य तारालामा तामाङ्गले केही बेरमा मतदान गर्ने बताए । (क) मतदान केन्द्रमा ६ सय ३० र (ख) मतदान केन्द्रमा पाँच सय ६९ गरि ११ सय ९९ मतदाता रहेका छन । १०ः३०ब जेसम्म तीन सय ५० मत खसेको छ । 

सत्ताधारी नेकपाका कृष्ण बहादुर तामाङ्ग, नेपाली कांग्रेसका दिप बहादुर तामाङ्ग (डिबी), समाजवादीका भीम बहादुर तामाङ्ग र राप्रपाका पदम बहादुर शाही उम्मेदवार रहेका छन । 

पुनर्वास नरपालिका ३ नम्बर वडाध्यक्षमा निर्वाचित फैरु तामाङ्ग जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो । मतदान स्थलको सुरक्षा व्यवस्था कडा पार्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।