१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १४ शनिबार ०७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पकलामा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, चार घाईते

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १४ शनिबार ०७:४७:००

ऐरावती गाउँपालिका पाँच पकलामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ भने अन्य चार जना घाईते भएका छन् । शुक्रवार राती ऐरावती एक वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षीय रेशम थापाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए । दुर्घटनामा घाईते हुनेमा सोहि गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षीय खेमराज थापा, १९ वर्षीय लक्ष्मण थापा, ३१ वर्षीय होतराज थापा र २१ वर्षीय प्रदिप थापा छन् ।

लक्ष्मण थापाको सामान्य अवस्था भएकाले विजुवारमै उपचार भइरहेको छ  भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । एम्बुलेन्स सडकदेखि सात सय मिटर तल झमरुक खोलामा खसेको छ ।