१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७६ मङ्सिर १४ शनिबार ०६:४६:००
Read Time : < 1 मिनेट
समाचार

९० हजार घुससहित अख्तियारद्वारा प्रहरी निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जनकपुरधाम
२०७६ मङ्सिर १४ शनिबार ०६:४६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरबाट नेपाल प्रहरीका एक प्रहरी निरीक्षकलाई ९० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई आयोगको बर्दिबासबाट खटिएको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

दिउँसो सवा ३ बजे जनकपुरको रामानन्दचोकस्थित सीता प्यालेस होटेलबाट उनलाई घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ । ठगी मुद्दामा सहयोग गरिदिने भन्दै उनले ९० हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।