मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १३ शुक्रबार १५:१९:००
Read Time : < 1 मिनेट
समाचार

रुसको राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १३ शुक्रबार १५:१९:००

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । 

मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको बताए । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको उनले बताए ।

मन्त्री ज्ञवालीले दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी दिए । त्यस्तै  संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न उनले आग्रह गरेका छन् । उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको उनले बताए ।

परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लागि गत शनिबार रुसको राजधानी मस्को गएका थिए । उनले ८ देखि ११ मंसिरसम्म रुसको र ११ देखि १२ गतेसम्म सर्भियाको भ्रमण गरेका थिए ।