१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ मङ्सिर १३ शुक्रबार ०७:२१:००
Read Time : < 1 मिनेट
अर्थ

‘रिचार्जमा चमत्कार’ योजनाका विजयीलाई एनसेलको पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ मङ्सिर १३ शुक्रबार ०७:२१:००

पहिलो हप्तामा पाँच ग्राहकले जिते जनही २ लाख रुपैयाँ

 एनसेलले सञ्चालन गरेको नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँचमध्ये दुई विजेतालाई बिहीबार नगद पुरस्कार वितरण गरेको छ ।  कम्पनीको कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले १ मंसिरदेखि ‘रिचार्जमा चमत्कार’ योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० रुपैयाँ लाख जित्ने मौका पाउने बताइएको छ । पहिलो हप्ताका पाँच विजयीमध्ये छिन्चु, सुर्खेतकी मोतिसरा दमाई र बाराका मनोजकुमार यादवले पुरस्कार लिएका हुन् ।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकमध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकले आवश्यक प्रमणीकरणपछि पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार लिन सक्ने एनसेलले बताएको छ । 

एनसेलका प्रिपेड र पोष्टपेड ग्राहकले हप्तामा १ सय वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक पुरस्कार जित्न सक्नेछन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको भाग्यशाली ग्राहकको घोषणा गरिने बताइएको छ । ग्राहकले प्रत्येक १ सय रुपैयाँको रिचार्जमा एक विषेश कोड एसएमएसमार्फत पाउनेछन् । यसरी प्राप्त कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्न सुरक्षित राख्नुपर्ने हुन्छ ।