Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार १७:१७:००
Read Time : < 1 मिनेट
खेलकुद

साग प्रतियोगिताका लागि धमाधम पोखरा रंगशाला निर्माण हुँदै [तस्बिरहरू]

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार १७:१७:००

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा भएको बताए पनि केही खेलहरू हुने पोखरा रंगशालामाको निर्माण काम भने धमाधम भइरहेको छ । अहिले पोखरा रंगशालामा निर्माण तथा मर्मतको काम भइरहेको हो ।

रंगशालामा रातदिन काम भइरहेको छ । रंगशालाको प्यराफिट र मैदानको काम पनि धमाधम हुँदैछ । खेलमा आउने पाहुनाकाे स्वागतकाे लागि पाेखरालाई सि‌गार्ने काम पनि जारी छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मंसिर साँझ ५ बजे दशरथ रंगशालामा साग प्रतियाेगिताको उद्घाटन गर्ने तयारी गरिएकाे छ । उद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।