Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १२ बिहीबार १४:५८:००
Read Time : < 1 मिनेट
विश्व

मूल्य बढेपछि भारतीय प्रदेश सांसदले लगाए प्याजको माला, बलिउड कलाकारले गरे विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १२ बिहीबार १४:५८:००

प्याजको मूल्य बढेसँगै सबैको ध्यान तानेको छ । बलिउडका कलाकारहरूले समेत प्याजको भाउबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । राम्रो आम्दानी गर्दै आएका भारतीय कलाकारले पनि प्याजको भाउ बढेपछि सार्वजनिक रूपमा टिप्पणी गरेका छन् ।

बलिउड कलाकार तथा भारतीय टिभी सिरियल बिग बोसमा सहभागी डली ब्रिन्दाले प्याजको भाउ बढेको भन्दै ट्विट गरेकी छन् । उनको ट्विटले धेरैको ध्यानाकर्षण भएको छ । उनले प्याजको भाउ भारु ९० रुपियाँ किलो पुगेको भन्दै ट्विट गरेकी थिइन ।

भारतमा प्याजको भाउलाई लिएर नेताहरूले पनि विरोध जनाउँदै आएका छन् । राष्ट्रिय जनता दलका बिहार राज्यबाट विधायक (प्रदेश सभाका सदस्य) बनेका शिवचन्द्र रामले प्याजको माला लगाएर  विधानसभा पुगेका थिए । यस्तै, भाउ बढेपछि पश्चिम बङ्गालको एक तरकारी पसलबाट प्याच चोरी भएकाे थियो । चोरले पसलबाट प्याज मात्र लगेका थिए । चोरले पसलमा भएका पैसा छाेएका समेत थिएनन् । एजेन्सी