मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अस्पतालबाटै प्रधानमन्त्री ओलीको ट्विट, ‘शुभकामना दिने सबैलाई धन्यवाद’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार १२:५०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट स्वास्थ्य सुधार तीब्र गतिमा भइरहेकाे भन्दै ट्विट गरेका छन् । 

उनले स्वास्थ्यलाभको शुभकामना दिने सम्पूर्णलाई उनलेे धन्यवाद व्यक्त गरेका छन् ।

‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ ओलीले ट्वीट गरेका छन् । 

ओलीलाई पेट दुखेपछि मङ्गलबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

यसैबीच प्रधानमन्त्रीकाे थप स्वास्थ्य उपचारका बारेमा चिकित्सकहरुकाे बैठक बस्दैछ । स्वास्थ्य अवस्था स्थिर र सुधारउन्मुख रेहेकाे उपचार टिमका संयाेजक प्रा डा अरुण सायमीले जानकारी दिएका छन् ।