Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार ०७:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सडक निर्माणमा ठेकेदारको लापरबाही : काल्चेभिरमा भर्‍याङ राखेर जोखिमपूर्ण यात्रा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार ०७:२१:००

गौमूल गाउँपालिकाको काल्चेभिरमा ठेकेदारले सडक निर्माणमा ढिलाइ गर्दा स्थानीयवासी जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् । चट्टाने भिरमा स्थानीयले आवत–जावतका लागि काठको  भर्‍याङ  राखेका छन् । काल्चेभिर बाजुराको सबैभन्दा जोखिमपूर्ण ठाउँ मानिन्छ । भिरमा सडक निर्माणको जिम्मा पाएको ठेकेदारले सडक बनाउने क्रममा पैदल बाटोसमेत बिगारिदिएपछि स्थानीय काठको  भर्‍याङ लगाएर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

भिरको बाटोमा वर्षौँदेखि  भर्‍याङ राखेर यात्रा गर्दै आएको स्थानीय डम्मरबहादुर रोकायाले बताए । काल्चेको भिर गौमूल गाउँपालिका २ र ६ को सिमानामा पर्छ । गौमूल १, २, ३ र ६ नम्बर वडाका स्थानीयवासी काल्चेभिर भएर गाउँपालिकाको केन्द्र घटमुना जाने गरेका छन् । 

 एक करोडमा ठेक्का
सुरुमा काल्चेको भिर छिचोलेर सडक निर्माण गर्ने जिम्मा सुनन्दा मस्टेस्वर कन्स्ट्रक्सनले पाएको थियो । तर, ठेकेदारले सडक निर्माणमा ढिलाइ गरेपछि सडकको ट्र्याक खोल्ने जिम्मा मस्टेस्वर कन्स्ट्रक्सनले लिएको छ । 

तर, मन्टेस्वर कन्स्ट्रक्सनले पनि समयमै सडक निर्माण नगर्दा जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । काल्चेभिर हुँदै गाउँपालिकाको केन्द्र घट्मुनादेखि वडा नम्बर १ को अम्लीस जोड्ने सडकको ट्र्याक खोल्ने जिम्मा लिए पनि मस्टेस्वर कन्स्ट्रक्सनले काम अघि बढाएको छैन । 

भिरमा सडकको ट्र्याक तयार गर्न गाउँपालिकाले ९० लाख रुपैयाँ छुट्याएको थियो । गाउँपालिकाले छुट्याएको रकम अपुग भएपछि सडक डिभिजन कार्यालयले काल्चेभिरको एक किलोमिटर चट्टानमा ट्र्याक खोल्न एक करोडमा ठेक्का लगाएको हो । ४५ दिनमा काम सक्ने गरी ३५ प्रतिशत घटेर ठेक्का हालेको डिबी कन्स्ट्रक्सनले अहिले कामै नगरी अलपत्र छोडिदिएको छ । 

समयमै सडक नबन्दा स्थानीयवासी भिरबाट जोखिमपूर्ण पैदल हिँड्न बाध्य छन् । वर्षाको समय चिप्लो भिरमा भर्‍याङबाट यात्रा गर्न झन् जोखिपूर्ण हुने स्थानीय हिक्मत रोकायाले बताए । ‘भिरमा आवत–जावत गर्दा त्यसै पनि डर लाग्छ, त्यसमा पनि काठको  भर्‍याङमार्फत ओहोरदोहोर गर्नुपर्दा झन् जोखिमपूर्ण छ,’ रोकायाले भने, ‘पहिला केही सहज थियो, तर सडक निर्माण गर्ने क्रममा भएको पैदल बाटोसमेत मासिएपछि  भर्‍याङ राखेर सडक तयार गरेका छौँ ।’

सडक निर्माण गर्दा डोजरले बाटो भत्काएपछि झन् जोखिम बढेको गौमूल गाउँपालिका–१ का अध्यक्ष बलबहादुर रोकायाले बताए । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले ठेकेदारको लापरबाहीले काल्चेभिरमा सडक निर्माणमा ढिलाइ भएको बताए ।