मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ११ बुधबार २०:२३:००
Read Time : < 1 मिनेट
समाचार

टुटल र पठाओलाई नरोक्न मन्त्री नेम्बाङको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ११ बुधबार २०:२३:००

टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् । बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको मन्त्रालयका सहसचिव देबेन्द्र कार्कीले जानकारी दिए । कानुन नबन्ने सम्म कुनैपनि पक्रिया नरोक्ने मन्त्रालयका सहसचिवले बताए ।

‘यस्ता बैकल्पिक सवारी साधनका लागि यातयातको कार्यविधि बनिरहेकाले अब अध्ययन गरेर अघि बढ्ने मन्त्रालयको योजना छ’, कार्कीले भने ।