१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ११ बुधबार ११:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

आफ्नै भवनमा दीक्षान्त समारोह गर्दै पूर्वाञ्चल विश्वविद्यालय

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ११ बुधबार ११:५९:००

मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक आफ्नै जग्गापरिसरमा दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । विश्वविद्यालयले नवौँ दीक्षान्त समारोहको मितिसमेत तोकिसकेको छ । विराटनगरमा भाडामा रहेको विश्वविद्यालयले २९ मंसिरमा नवौँ दीक्षान्त समारोह गोठगाउँमै गर्ने भएको हो ।

लामो समयदेखि विराटनगरस्थित भाडाको जग्गामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँस्थित आफ्नै जग्गामा सार्ने भनिँदै आए पनि सबैजसो राजनीतिक दलले यस विषयलाई चुनावी नारा मात्र बनाउँदै आएका छन् । तर, यसपटक आफ्नै कार्यालय परिसरमा दीक्षान्त समारोह हुने निश्चित भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय सन्तोष घिमिरेले आस पलाउन थालेको भन्दै संघीयता आएको महसुस भएको बताए ।

सरकारले दुई दशकअघि नै विश्वविद्यालयलाई गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन उपलब्ध गराएको थियो । करोडौँ लागतमा बनेका भौतिक संरचनाहरू मुख्य कार्यालय नसरेका कारण लथालिंग अवस्थामा छन् । विश्वविद्यालयका भवनहरू मर्मत अभावमा झाडीभित्रको भूतघरजस्तै देखिइरहेका वेला दीक्षान्त समारोहको तयारी हुँदा आफू हर्षित भएको स्थानीय मनोज चौलागाईंले बताए ।

यसैबीच, विश्वविद्यालयकी रजिस्ट्रार प्रमिला थापाले सुन्दरहरैँचा नगरपालिका, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थासँग समन्वय गरेर कार्यक्रम गरिने बताइन् । उनले तयारी तीव्र पारिएको भन्दै यस वर्ष १० हजारजनालाई दीक्षित गर्ने गरी कार्यक्रम तय गरिएको बताइन् ।