मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ११ बुधबार ०९:३५:००
Read Time : > 2 मिनेट
नयाँCity

लुनाको परिकार बेम्बो बिर्यानी

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ११ बुधबार ०९:३५:००

सहरमा रेस्टुराँ

ठमेलको लर्ड अफ दी ड्रिंक्स (एलओडी) छिर्ने वेलामा दायाँतिर फर्किंदा देखिन्छ, होटेल लुना काठमाडौं । माथिल्लो तलामा ग्राहक प्रायः खचाखच भरिएका हुन्छन् । उनीहरू मीठा–मीठा परिकारको स्वाद लिँदै गफिएको बाहिरैबाट देखिन्छ । लाइभ र सोलो म्युजिकले त्यहाँको माहोल तातिरहेको हुन्छ । 

तीन युवा सुमन महर्जन, विजय अधिकार र देवी हमालले चैत ०७५ मा होटेल र रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । होटेलमा १० वटा डिलक्स र १० वटै नर्मल रुम छन् । डिलक्स रुम ५५ डलरसम्ममा बिक्री गरिन्छन् । होटेलमा अधिकांश ग्राहक विदेशी हुन्छन् । रेस्टुराँ १ सय ५० जना क्षमताको छ । शुक्रबार र शनिबार डिजेको लाइभ म्युजिक हुन्छ । अरू दिन ब्याकग्राउन्डमा सुमधुर संगीत बजिरहेको हुन्छ । छतमा ओपन बार रेस्टुराँ सञ्चालनमा आउँदै छ । यो रेस्टुराँ होटेलका ग्राहकलक्षित हो ।

मयमा रेस्टुराँको राम्रो प्रचार भयो, कहलिएका सेलेब्रिटीदेखि व्यापारीसम्म हाम्रोमा आउँछन् ।’ रेस्टुराँमा बढी नेपाली आउँछन् । छेवैमा एलओडी क्लब हुनाले पनि लुनाको व्यवसाय राम्रो भयो । एलओडी आउने ग्राहक पहिला लुना रेस्टुराँमा आउँछन् र खाना खाएर क्लब छिर्छन् । कारण, एलओडी ड्रिंक्स र स्न्याक्समा बढी फोकस्ड छ । बुधबार, शुक्रबार र शनिबार लुना रेस्टुराँ भरिभराउ हुन्छ । अरू दिन राति ११ बजेसम्म खुल्ने रेस्टुराँ शुक्रबार र शनिबार राति १ बजेसम्म खुल्छ । 

लुनामा तीन कुराको फ्युजन छ, मीठा परिकार खाने, वास बस्ने र म्युजिक सुन्ने । लाइभ म्युजिक सुन्दै ड्रिंक गर्न पाइन्छ । पछिल्लो समय रेस्टुराँ लाउन्जमा लाइभ म्युजिक राख्ने ट्रेन्ड बढेको छ । ग्राहकहरू राति ११ बजेसम्म लाइभ म्युजिक सुन्छन्, त्यसपछि क्लब छिर्छन् । ‘अहिले त पूरै परिवार नै रेस्टुराँमा आउँछन्, हजुरबुबादेखि नाति–नातिनासम्म हाम्रा पाहुना हुन्,’ उनी सुनाउँछन्, ‘हाम्रोमा ठमेलका व्यापारी, युवा र सेलेब्रिटी बढी आउँछन् ।’ 

रेस्टुराँको स्पेसल परिकार बेम्बो बिर्यानी हो । बाँसको ढुंग्रोमा काँचो खानेकुरा राखी आगोमा पकाइन्छ । यो परिकार धेरैले रुचाउँछन् । स्न्याक्समा लुना चिकेन सर्वाधिक लोकप्रिय छ । यहाँ नेपाली परिकारमा थाली सेट, नेवारी खाजा सेट, इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकार पाक्छन् । ‘रेस्टुराँ जतिसुकै भव्य र राम्रो भएपनि रेस्टुराँ चल्नका खानका परिकार स्वादिला र गुणस्तरीय हुनैपर्छ, र भेराइटी पनि हुनुपर्छ,’ उनी सुनाउँछन् । 

रेस्टुराँको स्पेसल परिकार बेम्बो बिर्यानी हो । बाँसको ढुंग्रोमा काँचो खानेकुरा राखी आगोमा पकाइन्छ । यो परिकार धेरैले रुचाउँछन् ।

रेस्टुराँको डेकोरेसन भव्य छ । होटेलका कोठा पनि राम्रा छन् । अनलाइनबाटै प्रायः सबै कोठा बुकिङ हुन्छन् । होटेलका सबै कोठामा टेरेस छ, जहाँबाट बाहिरी दुनियाँ हेर्न सकिन्छ । होटेल र रेस्टुराँमा सेवा दिनका लागि ३२ जना कर्मचारी छन् । खाना पकाउन दक्ष कुक छन् । सानो मिटिङ हल छ, जहाँ ३० जना अटाउँछन् । लुनामा प्रायः बिजनेस मिटिङ भइरहन्छन् । बर्थ डे, एनिभर्सरी पार्टीका लागि पनि हल उपयुक्त छ । 

पछिल्लो समय बर्थ डे, एनिभर्सरी, इन्गेजमेन्ट, प्रमोसन पार्टीका लागि रेस्टुराँ धाउने जमान बढ्दै छ । साथीभाइ र पारिवारिक ग्यादरिङ पनि रेस्टुराँमै हुन थालेका छन् । लुना रेस्टुराँका धेरै ग्राहकमा क्लब छिर्नेसहित स्पेसल पार्टी गर्ने पनि पर्छन् । ‘घरमा मान्छे बोलाएर पार्टी गर्दा झन्झट हुने भएर पनि होला, रेस्टुराँ रोजाइमा पर्न थालेका छन्, यहाँ लाइभ म्युजिक पनि सुन्न पाइन्छ,’ सुमन सुनाउँछन्, ‘हामीले ग्राहकका विभिन्न मुभमेन्टका फोटो खिचेर फेसबुक पेजमा राखिदिन्छौँ ।’ अहिले रेस्टुराँ लाउन्जमा ग्राहकको फोटो खिचिदिने परिपाटी अनिवार्य भइसकेको छ । ‘रेस्टुराँको परिभाषा नै परिवर्तन भइसकेको छ, ग्राहकलाई खानाका परिकारसँगै नौलो फिलिङसमेत बिक्री गर्न सक्नुपर्छ,’ उनी भन्छन् । 

सुमन मोबाइल व्यापारी हुन् । सन् २००६/०७ देखि पाको न्युरोडमा मोबाइल व्यापार सुरु गरेको उनको भनाइ छ । इटलीमा बस्ने विजयका कारण हस्पिटालिटीमा लागेका हुन् । ‘हस्पिटालिटीमा मेरो एक्स्पर्टिज होइन, विजयले हस्पिटालिटीमा दख्खल राख्छ,’ उनी सुनाउँछन्, ‘विजयले प्रोत्साहित गरेरै हस्पिटालिटी बिजनेसमा हात हालेको हुँ ।’