मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन लोचनमगर
२०७५ पौष १ आइतबार १७:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

रोल्पाका १० स्थानीय तहमा साढे १२ करोड बेरुजु

Read Time : > 1 मिनेट
नवीन लोचनमगर
२०७५ पौष १ आइतबार १७:३२:००

गत आर्थिक वर्षमा रोल्पाका स्थानीय तहको साढे १२ करोड रकम बेरुजु देखिएको छ । रोल्पाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै माडी गाउँपालिकाको ४ करोड ५४ लाख ४६ हजार ८ सय २१ रुपैयाँ बेरुजु देखिएको हो । लुंग्री गाउँपालिकाको २ करोड ७० लाख ५५ हजार ५२ रुपैयाँ बेरुजु देखिएको छ । 

कुन तहमा कति बेरुजु ?

रुन्टिगढी गाउँपालिका : २ करोड १५ लाख ८७ हजार ३ सय ६
गंगादेव गाउँपालिका : एक करोड २३ लाख ६० हजार २ सय ९९ 
त्रिवेणी गाउँपालिका : ९० लाख ७८ हजार ५ सय ७३
सुनछहरि गाउँपालिका : १६ लाख ४२ हजार ४ सय २८
रोल्पा नगरपालिका : १८ लाख ४१ हजार ७ सय ५० 
थवाङ गाउँपालिका : ६ लाख ४१ हजार ५ सय
परिवर्तन गाउँपालिका : ४ लाख २० हजार ९ सय ६२ 

कोष तथा लेखा नियन्त्रक नरेन्द्र बिष्टले कार्यसम्पादन पुरा नभएले बेरुजु बढेको बताए । नियमित गर्नुपर्ने, पेश्की फछ्यौट गर्नुपर्ने र असल्नु पर्ने गरी तीन किसिमको बेरुजु हुने बिष्ट बताउँछन् । उनका अनुसा असुल गर्नु पर्ने बेरुजु खतरनाक हुने र यस्तोमा पैसा नै दाखिला गर्नु पर्ने हुन्छ । रोल्पामा असुल गर्नुपर्ने बेरुजु ८४ लाख ६ सय ४० रुपैयाँ छ । 

असुल गर्नुपर्ने बेरुजु रकम कहाँ कति ?

गंगादेव गाउँपालिका : २७ लाख १५ हजार ५ सय ९७
सुनिलस्मृति गाउँपालिका : १७ लाख ९७ हजार ५ सय ७४
सुनछहरि गाउँपालिका : १५ लाख १९ हजार ८ सय ६९ 
माडी गाउँपालिका : १३ लाख ६० हजार ८ सय ५०
रुन्टिगढी गाउँपालिका : ९ लाख ४५ हजार ५ सय १०
परिवर्तन गाउँपालिका : २१ हजार ४ सय ९०
रोल्पा नगरपालिका : ३१ हजार ७ सय ५०