१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर १० मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार

'लभ' परेको मधेसकाे विकासका लागि जस्तोसुकै कदम चाल्न तयार छु : प्रचण्ड 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १० मंगलबार १७:३२:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार बाराको निजगढमा आयोजित सभामा मधेससँग लभ परेको दोहोर्याउँदै यसको विकासको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।

‘मधेससँग मेरो लभ परेको छ, मेरो लभरलाई अब दुःख दिन्न,’ उनले भने, ‘कसैले दुःख दिए त्यसका लागि  मधेश आएर आन्दोलन गर्छु ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले आफुले शिल्यान्यास गरेको द्रूतमार्ग र हुलाकी राजमार्गको प्रगति राम्रो रहेको भन्दै नेकपाको ध्यान अव मधेश केन्द्रीत भएको बताए । ‘कुनै पनि विकास निर्माणका काममा ढिलाई भए म तपाईहरुसँग काँधमा काँध मिलाएर आन्दोलन गर्छु,’ उनले भने, ‘तपाईहरु विश्वस्त हुनुहोस् ।’ 

प्रदेश २ को पुर्वाधार विकास र सम्भावनाका बारेमा भइरहेका प्रगतिको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम तिव्र गतिमा भइरहेको र बारामा बन्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । 

‘हामी छिट्टै शिल्यान्यास गर्छौ र शिल्यान्यास गरेकै दिन उद्घाटनको मिति तोक्छौं,’ पोखरेलले भने, ‘दोस्रो अन्तराष्ट्रिय विमानस्थल बारामा नै बन्नेमा ढुक्क हुनुहोस् ।’ 
जनसभामा प्रदेशका आठै जिल्लाका नेकपा नेता कार्यकर्ता सहभागी थिए ।