मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ

पल्सर डेयर भेन्चर ४, १२ राइडरले गरे बोर्डर पास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार ०६:५६:००

चर्चित बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर’ सिजन ४ को अडिसन राउन्ड सम्पन्न भएको छ । अडिसन राउन्डबाट १२ जना प्रतियोगी राइडरले बोर्डर क्रस गरेका छन् भने ४ जना बोर्डरबाटै घर फर्किएका छन् । महेन्द्रनगरको बोर्डरमा अडिसन राउन्डको अन्तिम रिजल्ट सार्वजनिक गरिएको थियो ।

भारतको बोर्डर पार गर्नेमा सौरभ केसी, प्रियंका सिटौला, उर्मिला श्रेष्ठ, जयन्ती श्रीस मगर, जेनिस गुरुङ, प्रदीप तामाङ, निशान्तकुमार शाह, आकृति घले, सशांक बोहोरा, नीरज महर्जन, जितबहादुर बडैला र सिजनराज महत रहेका छन् । मेलिना रायमाझी, सागर हमाल, गौरव साही र समिर थापा मगर महेन्द्रनगरबाटै घर फर्किएका छन् । 

पल्सर डेयर भेन्चरको चौथो सिजन बाइक राइडरको लोकप्रिय गन्तव्य भारतको लद्दाखमा गरिएको छ । राइडरले बोर्डर क्रस गरेसँगै अब रियल टास्क सुरु हुनेछ ।