मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार ०६:३७:००
Read Time : < 1 मिनेट
अर्थ

एनसेलको  ‘रिचार्जमा चमत्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार ०६:३७:००

एनसेलले नयाँ योजना ‘रिचार्जमा चमत्कार’बारे जानकारी दिँदै टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोड घोषणा गरेको छ । घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहकले जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् । 

आफ्नो कस्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले  १ मंसिरदेखि सञ्चालन गरेको  ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने बताइएको छ । 

एनसेलका प्रिपेड र पोस्टपेड ग्राहकले हप्तामा १ सय रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी योजनमा सहभागी  हुन सक्नेछन् । प्रत्येक रिचार्जमा एक विशेष कोड एसएमएसमार्फत प्राप्त हुने र सोही कोडका आधारमा विजेता चयन गरिने बताइएको छ । पुरस्कारका लागि कोड सुरक्षित राख्नुपर्ने एनसेलले जनाएको छ ।