मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १० मंगलबार १०:३५:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से स्थिर, ११०२.४७ बिन्दु तल पुगेन परिसूचक

Read Time : > 3 मिनेट
२०७६ मङ्सिर १० मंगलबार १०:३५:००

कमाउने लघुवित्तका र गुमाउने जलविद्युत्का सेयरधनी

सोमबार नेप्से परिसूचक आइतबार बन्द भएको बिन्दुमा बन्द भएको छ । बजार १ हजार १ सय २ दशमलव ४७ बिन्दुमा पुगेपछि पुनः उकालो लागेर स्थिर भई बन्द भएको हो । १ हजार ११० दशमलव १२ बिन्दुबाट सुरु भएको बजार १ हजार १ सय १२ दशमलव १५ बिन्दुभन्दा माथि जान नसकी १ हजार १ सय १० दशमलव ०८ बिन्दुमा बन्द भएको छ । बजारले आइतबारको पहिलो टेवा बिन्दुमा टेवा पाएको देखिन्छ । आइतबार निकालिएको पहिलो टेवा बिन्दु १ हजार १ सय ५ दशमलव २५ बिन्दु थियो । सोमबार बजारले सोही टेवा बिन्दुमा पुगी उकालो लागेको देखिन्छ । यसले बजार ११ सय बिन्दुभन्दा तल हालै जान नसक्ने संकेत गर्दछ । 

आइतबारको तुलनामा कारोबार रकम २ दशमलव ९७ प्रतिशत बढ्न पुगेको छ । ८३ लाख २४ हजारले बढेको कारोबार रकममा बजार पुँजीकरण थोरै रकमले मात्र घटेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०५२ अंक बढेर २ सय ४५ दशमलव ३८ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स ०.०८ अंक बढेर ८२ दशमलव ५६, सेन्सेटिभ फ्लोट ०.१२ अंक बढेर ७९ दशमलव ०१ पुगेको छ । 

मूल्य घट्नेमा जलविद्युत् र बढ्नेमा लघुवित्त अगाडि
सोमबार कारोबार भएका १२ समूहको परिसूचकमा ६ समूहको घटेको छ भने ६ को बढेको छ । सबैभन्दा बढी लघुवित्त समूहको शून्य दशमलव २६ प्रतिशत बढेको छ । होटेल, जलविद्युत्, वित्त उत्पादन, अन्य समूहको परिसचूक बढ्न पुगेको छ । बैंकिङ, व्यापार, विकास बैंक, निर्जीवन बिमा, जीवन बिमा र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । 

यस दिन लघुवित्त कम्पनीहरूको सर्वाधिक सेयर मूल्य बढेको छ । मूल्य बढ्ने सर्वाधिक १० कम्पनीमा सात लघुवित्त परेका छन् । मिथिला लघुवित्तको ५ दशमलव ५४ प्रतिशत सेयर मूल्य बढेसँगै, महिला सहयात्रा, एनएमबि माइक्रोफाइनान्स, ग्रामीण विकास, स्वाभिमान, घोडीघोडा र स्वरोजगार लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनीमा सात जलविद्युत् कम्पनी परेका छन् । पञ्चकन्या माई हाइड्रोपावरको सर्वाधिक ६ प्रतिशत सेयर मूल्य घट्न पुगेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २९ दशमलव ८३ स्केलमा पुगेको छ । ओभर सोल्डमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्रीको चापमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ०.९५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६८ कम्पनीमध्ये ६७ कम्पनीको सेयरमूल्य बढेको छ भने ७० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ४ दशमलव ३२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय १४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार ९८ दशमलव ५५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय १७ दशमलव ९१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ०८ दशमलव २३ रहेको छ । नेप्से परिसूचक पिभट बिन्दुभन्दा माथि रहेको छ । 

२८ करोडभन्दा बढीको सेयर कारोबार 
सोमबार १ सय ६८ कम्पनीको ५ हजार १ सय ६५ पटकको व्यापारमा २८ करोड ८८ लाख ५८ हजार ४ सय ४ रुपैयाँको १० लाख ७ हजार १६ कित्ता सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकतर्फको कारोबार भएको छ । कम्पनीको ३ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल बैंकको ३ करोड ५२ लाखभन्दा बढीको सेयर कारोबार हुन पुगेको छ ।

हिमालयन हाइड्रोपावरले आइपिओ जारी गर्ने
हिमालयन हाइड्रोपावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ । कम्पनीले आइपिओ बिक्रीका लागि जनता क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।

वोमी र नागरिक लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति
वोमी र नागरिक लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले मंसिर ६ गते स्वीकृति दिएको छ । यी दुई लघुवित्तले एकआपसमा गाभ्न/गाभिन सैद्धान्तिक सहमतिपत्र ०७५ फागुन २६ गते राष्ट्र बैंकमा पेस गरेका थिए । 

दुवै लघुवित्तको असोज २ गते सम्पन्न भएको सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । सभाले सेयर स्वाप अनुपात (१००ः७२) वोमीको १ सय कित्ताबराबर नागरिक ७२ कित्ता कायम हुने गरी पारित गरेको छ । वोमीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पुँजी ७ करोड छ । दुई लघुवित्त गाभिएपश्चात् वोमी लघुवित्तकै नामबाट कारोबार हुने जानकारी गराएको छ । संस्थाको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने बताइएको छ । 

छिमेक लघुवित्तको १८औँ सभा मंसिर ३० मा
छिमेक लघुवित्त वित्तीय संस्थाले १८औँ वार्षिक सभा मंसिर ३० गते बोलाएको छ । कम्पनीले २७ दशमलव ११८६ प्रतिशत बोनस सेयर र करका लागि १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक पारित गर्ने र अन्य लघुवित्त संस्थासँग मर्जरमा जाने छलफलको विषय सभामा राखेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले वार्षिक सभाका लागि मंसिर १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने लागेको छ ।