मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर १० मंगलबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार

देउवाको भनाइको कांग्रेस प्रवक्ताद्वारा बचाउ : ‘सभापतिको आशंका स्वाभाविक’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १० मंगलबार ०९:०२:००

नेपालको भूूमि भारतीय नक्सामा समेट्न प्रधानमन्त्री केपी ओलीले स्वीकृति दिएको भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वभाविक भनेका छन् । शर्माले भूमि फिर्ताका लागि सरकारले तत्परता नदेखाएकाले सभापतिले शंका गरेको टिप्पणी गरे । 

देउवाले पोखरामा ‘प्रधानमन्त्री ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि मिसाएर नक्सा छापेको हो, यसै कहाँ छाप्छ ?’ भनेका थिए । त्यसको तीन दिनपछि पोखरामै भएको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, ‘सभापतिले प्रधानमन्त्री ओलीले स्वीकृति दिनुुभयो भन्ने ठहर गर्नुभएको होइन, लामो समयसम्म सीमा अतिक्रमित भूमि फिर्ताका लागि पहल नगरेकाले आशंका मात्र गर्नुभएको हो, त्यस्तो आशंका स्वभाविक छ ।’ 

उनले देउवाको भनाइमा प्रस्टीकरण आवश्यक नभएको पनि टिप्पणी गरे । ‘कतिपयले सभापति देउवाले प्रस्टीकरण दिनुपर्छ, भनेको सुनेको छु, अब प्रस्टीकरण नै माग्नुपर्ने भए भारतीय प्रधानमन्त्री मोदी र भारत सरकारसँग माग्नुहोस्,’ उनले भने । 

बुढीगण्डकीमा राष्ट्रघात
काठमाडाैं/प्रमुख प्रतिपक्षी कांग्रेसले बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् परियोजनामाथि सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ । नेपालले नै रकम उठाएर बनाउन सकिने परियोजनालाई सरकारले विनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई दिइएको भन्दै उसले विरोध गरेको हो । 

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले केही वर्षयता अलग्गै रकम उपभोक्ताबाट उठाइँदै आएको थियो, बुढीगण्डकी परियोजना निर्माणमा लगानी गर्ने उद्देश्यसाथ, गत कात्तिक मसान्तसम्मको तथ्यअनुसार ३८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ,’ सोमबार कांग्रेस प्रवक्ताद्वारा जारी विज्ञप्तिमा छ, ‘तर वर्तमान सरकारले सो परियोजना आकस्मिक रूपमा एक विदेशी कम्पनीलाई सुम्पिने निधो गर्‍यो, त्यो पनि विनाप्रतिस्पर्धा ।’ विज्ञप्तिमा सरकारले जिम्मा दिएको कम्पनीको नाम उल्लेख छैन । सरकारले चीनको गेजुवालाई परियोजना निर्माणको जिम्मा दिएको थियो ।