मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ९ सोमबार २१:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाली भूमि फिर्ता लिन कांग्रेसकाे साथ छ तर, सरकार बोल्दैन : गगन थापा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार २१:०२:००

कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले सरकारले भारतसँग टक्कर गर्न नसक्दा नेपालको सीमा भारतको नक्सामा पुगको बताएका छन् । उनले नेपाली भूमि फिर्ता लिन कांग्रेस लगायतका दलहरुले साथ दिए पनि सरकारले वास्ता नगरेकोमा दुःख व्यक्त गरे ।   

‘राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाको लागि कांग्रेसले सरकारलाई जोडबलले साथ दिएको छ,’ थापाले भने, ‘हामी मात्र हैन अन्य दलहरुले पनि साथ दिँदा प्रधानमन्त्री केपि शर्मा ओली यसको बारेमा केही पनि बोल्न सक्नुभएको छैन । भारतले सीमा मिचेको कुरामा सरकार केही बोलोस भन्ने कांग्रेसको चाहना हो ।’ 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले अहिलेको सरकार कांग्रेसका पालामा भएको कामलाई शंख घण्ट बचाउँदै उदघाट्नमा मात्र हिँडेको आरोप लगाए । 

उनले राष्ट्रिय जनमोर्चाप्रति कटाक्ष गर्दै नेकपाको खेदो खन्ने र संघीयताको विरोध गर्दे हिँड्ने चित्रबहादुर केसी पदको लोभमा चुनाव लड्न पनि नछोड्ने बताए । ‘मुद्दा एका तिर काम अर्कातिर नि सम्भव हुन्छ ?,’ उनले भने, ‘अघिपछि संद्दीयताको विरोध गर्दै प्रदेश चाहिँदैन भन्ने ले अहिले आफ्नै दलको उम्मेदवार बनाएर निर्वाचनमा होमाउनुभएको छ ।’