१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ९ सोमबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार

जथाभावी हर्न बजाउने एक सय ८८ सवारी साधन कारवाहीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ९ सोमबार १८:०९:००

जथाभावी हर्न बजाउने एक सय ८८ सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार कारवाही गरेको छ । १ बैशाख २०७४ देखि काठमाडौं उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । 

महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६ सय २३ सवारीसाधनलाई कारवाही गरिसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को  (ग) अनुसार ध्वनी संकेत निषेध गरिएको ठाउँमा ध्वनी दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर पाँच सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।