मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १६:२४:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पाको धुपीरुख जंगलमा आगलागी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १६:२४:००

डोल्पाको ठुलीभेरी नगरपालिका ९ को काँडाताली गाउँ नजिकै जंगलमा आगलागी भएको छ । गाउँ नजिकै रहेको धुपीरुख जंगलमा लागेको आगो गाउँ छेउमै पुगेपछि मात्र स्थानीयले थाहा पाएका थिए । 

आगो सम्पुर्ण गाउँलेको सक्रियतामा निभाउन सफल भएको स्थानीय मेरबहादुर बुढाले बताए । थरगाँउ, दुरगाँउ र काँडाताली गाउँका स्थानीयले पानी र माटोको साहायताबाट  दिउँसो २ बजेमात्र आगो निभाउन सफल भएका थिए ।

आगलागीबाट गाईबस्तुको लागि रुखमा राखेको घाँस जलेर नष्ट भएको छ । 

आगो कसले र किन लगायो थाहा नभएपनि बिहान जंगलमा घाँस काट्न गएका मानिसले लगाएको हुनसक्ने अनुमान गरिएको छ । 

आगलागीबाट कुनै मानवीय तथा पशुबस्तुको क्षति भएको छैन् । 

आगलागीबाट थरगाउँ र काँडातालीको घाँसपात, स्याउ र ओखरका बिरुवा जलेर नष्ट भएको छ ।