मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ९ सोमबार ०७:५३:००
Read Time : < 1 मिनेट
अर्थ

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार ०७:५३:००

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सभाले वार्षिक वित्तीय विवरणलगायत प्रतिवेदन पारित गरेको छ । 

सभामा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले संस्थाको आव ०७५/७६ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यका चुनौतीबारे चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारीमध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल रहेको बताए ।

संस्थाले समाजिक उत्तरदायित्वअन्तर्गत बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँबानेश्वर शंखमूलमा श्री लालीगुराँस उच्च मावि÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायत संघ संस्थामा लगानी गरेको संस्थाले जनाएको छ ।