Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १०:१५:००
Read Time : > 1 मिनेट
सेयर बजार

करिब ९ महिनाअघिको बिन्दुतिर नेप्से

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १०:१५:००

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव ५४ अंक घटेर बन्द भएको छ । १ हजार १२० दशमलव ६२ बिन्दुबाट सुरु भएको बजार १ हजार १ सय २१ दशमलव ९४ बिन्दुभन्दा माथि जान नसकी १ हजार १ सय १० दशमलव ० बिन्दुमा बन्द भएको छ । गत वर्षको फागुन २२ गते १ हजार १ सय ११ दशमलव ७६ बिन्दुमा बन्द भएको परिसूचक करिब नौ महिनापछि सोही बिन्दुवरिपरि रहेको छ । यसले सेयर बजार नौ महिनासम्म घटिरहेको देखाउँछ । 

बिहीबारको तुलनामा आइतबार कारोबार रकम ५ दशमलव ८० प्रतिशत घट्न पुगेको छ । आइतबार ५ हजार २९ पटकको कारोबारमा ९ लाख २९ हजार ७ सय ४४ कित्ता सेयरको २८ करोड ५ लाख ३४ हजार ४ सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । 

आइतबार सेन्सेटिभ इन्डेक्स २ दशमलव ०३ अंक घटेर २ सय ४४ दशमलव ८६ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स ०.७९ अंक घटेर ८८ दशमलव ४८, सेन्सेटिभ फ्लोट ०.७ अंक घटेर ७८ दशमलव ८९ पुगेको छ । 

१२ समूहको परिसूचक घट्दा साल्ट ट्रेडिङमा नकारात्मक सर्किट
आइतबार कारोबार भएका १२ समूहको परिसूचक घटेको छ । लगातार एक सातादेखि सकारात्मक सर्किट लागेर बढेको साल्ट ट्रेडिङको सेयरमूल्य आइतबार नकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य घटेसँगै व्यापार समूहको परिसूचक सर्वाधिक ७ दशमलव ६५ प्रतिशत घट्न पुगेको छ । बैंकिङ, निर्जीवन बिमा र म्युचुअल फन्डको परिसूचक १ प्रतिशतभन्दा माथिले घटेको छ भने बाँकीको सोभन्दा कमले घटेको छ । 

साल्ट ट्रेडिङको सेयरमूल्य ९ दशमलव ९६ प्रतिशत घटेर प्रतिकित्ता १ हजार ३ सय ६५ पुगेको छ । घटिरहेको बजारमा नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेको छ । आइपिओ मूल्यभन्दा आधामा कारोबार भएको यस कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढेर ५२ रुपैयाँ कायम भएको छ । यस दिन सेयरमूल्य बढनेमा कम सेयरमूल्य भएका कम्पनी परेका छन् । अपिपावर, अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्जस्ता कम मूल्य भएका सेयरको मूल्य बढ्न पुगेको छ ।

सर्वाधिक कारोबारमा एनएमबि र नेपाल बैंक कायमै
केही दिनयता एनएमबि र नेपाल बैंकको सर्वाधिक सेयर कारोबार हुँदै आएको छ । आइतबार एनएमबि बैंकको २ करोड ११ लाख ५९ हजारभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको सेयरमूल्यमा भने खासै उतार–चढाव नआएकाले ओम डेभलपमेन्टका सेयरधनीले सेयर खरिद–बिक्री गरेको बुझिन्छ । 

बैंकको सेयरमूल्य प्रतिकित्ता ३ सय ७८ रुपैयाँ कायम भएको छ । दोस्रोमा नेपाल बैंकको १ करोड ३७ लाख ८३ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको छ । बैंकले २३ वर्षपछि सेयरधनीलाई लाभांश दिन लागेकाले सर्वाधिक कारोबार हुन पुगेको हो । यसै दिन लाभांश प्रस्ताव गरेको साना किसान विकास बैंकको १ करोड २० लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।