मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रञ्जन भण्डारी
२०७५ पौष २८ शनिबार ११:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

रुखमुनी बस्दै आएकी महिलाको उद्धार

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ पौष २८ शनिबार ११:०६:००

जलेश्वरको खैराचोकमा एउटा रुखमुनी केही महिनादेखि वस्दै आएकी एक महिला र उसको एक बच्चाकाे उद्धार गरिएकाे छ । शुक्रबार महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रत्यक्ष संलग्नतामा उनीहरुलाई उद्धार गरिएको हो । 

नाम खुल्न नसकेको महिलालाई जलेश्वर अस्पतालमा सामान्य चेकजाँचपछि जनकपुरस्थित पुर्नस्थापन केन्द्रमा राखिएको छ । पुर्नस्थापना केन्द्र पुर्याउनु अघि उनलाई शसस्त्र प्रहरीका एसपी विश्वेश्वर थापाले कम्बल र न्यानो कपडा सहयोग गरेका थिए । 

त्यस्तै, वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरुको संस्था हेल्प मधेशीले महिलालाई केही थान साडी तथा अन्य सामग्री प्रदान गरेको छ । 

पिडित महिलालाई तत्काल पुर्नस्थापना केन्द्रमा राखिएपनि उनको उपचारको लागिपछि व्यवस्था मिलाइने प्रजिअ ढकालले बताए । एक्ली महिलाको साथमा सानो काखे बालिकासहित सडकको पेटीमा सुत्नुलाई सहज लिन नसकिएकोले उनको तत्काल उद्धार गरिएको उनले बताए । 

प्रजिअ ढकालकै कार्यकक्षमा शसस्त्र प्रहरी बल नेपालका एसपी विश्वेश्वर थापा, जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख डिएसपी खगेन्द्र बहादुर खड्का, हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादव, महिला अधिकारकर्मी रन्जु बराल, समाजसेवी तथा पत्रकार गुञ्जा राय र महिला तथा बालबालिका सेवा केन्द्रकी अध्यक्ष रेखा झासमेतको उपस्थितिमा भएको गहन छलफलमा महिलालाई तत्काल उद्धार गरिएको थियो ।