१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ८ आइतबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार

जङ्गलमा फेला परेको मानव कंकालको पहिचान खुल्यो

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १७:२६:००

तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जङ्गलमा मानव कंकालसँगै फेला परेको कपडा, झोला र मोबाइलबाट शवको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दिपेन्द्र जिसीले मानव कंकाल तानसेन–१३, छेर्लुङ्काका १९ वर्षीय अभिषेक भट्टराईको भएको बताए ।

सनाखत भएपछि शव परिवारलाई बुझाइएको छ । बुटवलमा कुक तालिम लिँदै गरेका भट्टराई २६ असार २०७६ देखि बेपत्ता थिए । होटलमा तालिम लिन गएका भट्टराई घर नफर्केपछि परिवारले खोजतलास गर्दा पनि भेटिएका थिएनन् ।