१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर ८ आइतबार १५:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारको राष्ट्रवाद कालापानीमा समर्पण : शेरबहादुर देउवा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १५:४२:००

कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सरकारको राष्ट्रवाद कालापानीमा समर्पण भएको आरोप लगाएका छन् । 

कांग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापती देउवाले अहिलेको सरकारले राष्ट्रियताप्रति कुनै पनि चासो नदेखाएको आरोप लगाए । उनले भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भाग मिसाएको बारेमा सरकार अहिलेसम्म बोल्न नसकेको हुँदा उनीहरुको राष्ट्रवाद कालापानीमा गएर टुंगिएको बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उत्तरगंगा जलाशय बागलुङ तर्फ नै निर्माण गर्न कांग्रेस लागिपर्ने बताए । साथै पश्चिम बागलुङका छुट्टै जिल्लाको मागलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले मध्यपहाडी लोकमार्ग र सालझण्डी सडकखण्डका विकासमा निम्ति पनि कांग्रेस लाग्ने बताए । 

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको बताए । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गदै गएको छ,’ नेता पौडेलले भने, ‘यस्तै चालले अबको नीन वर्षमा देश पूर्ण खतरामा जाने संकेत छ ।’ उनले गाउँ गाउँमा सरकारको विरोध भइरहेको हुँदा अबको दिनमा प्रधानमन्त्री ओलीले कुटनितिक क्षमता पदर्शन गर्न नसक्ने बताए ।

चुनावी सभामा कांग्रेसका युवा नेता गगन कुमार थापा, प्रदिप पौडेल लगायतले बोलेका थिए ।