मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ८ आइतबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार

चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १३:२७:००

जुम्लाको चन्दननाथ नगरपालिका – २ कालेखोलीस्थित एक घरमा आगलागी भएको छ । स्थानीय विष्णु भण्डारीको घरमा लागेको आगो चन्दननाथ नगरपालिकाको दमकल, स्थानीय, प्रहरी प्रशासन, नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 

आगो नियन्त्रणमा लिने प्रयास एक घण्टा अघिदेखि गरिऐपनि अझै निउन्त्रणमा नआएको प्रहरी निरीक्षक नविन वलीले बताइन् । आगलागी विजुलीबाट हो कि ग्यासबाट भएको हो भन्ने बारे एकिन नभएको उनले बताइन् । 

आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको लत्ताकपडा, अन्नपात, भाडाकुडा सवै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।