मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर ८ आइतबार १२:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘बाबुराम र उपेन्द्रको लाइन एउटै छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर ८ आइतबार १२:५६:००

समाजवादी पार्टी नेपालले पार्टीमा कुनै अर्न्तविराेध नभएको बताएको छ । 

सरकारमा रहिरहने या बाहिरिने विषयमा अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच बैचारिक विमती नरहेको पार्टीले दावी गरेको छ । 

पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले भट्टराई र यादवबीच बाहिर देखिएजस्तो बैचारिक मतभिन्नता पार्टीभित्र नरहेको दावी गरे । ‘बाहिर एकथरी साथीहरू बाबुराम र उपेन्द्रको फरक फरक लाइन छ, एउटाले सरकार छोड्ने, अर्को बस्ने भन्छन्,’ उपप्रमुख पाण्डेले भने,‘यो चर्चा परिचर्चामा कुनै सत्यता छैन । बाबुराम र उपेन्द्रको लाइन एउटै छ ।’

समाजवादीको मुख्य एजेण्डा संविधान संशोधन रहेको र सरकारसँग संवाद र छलफलबाट नै यो एजेण्डा पुरा गर्न पार्टी प्रतिबद्ध रहेको उनले बताए । सकभर सडकमा जान नपरोस्, वार्ताकै माध्यमबाट एजेण्डा पुरा होस् भन्ने चाहना रहेको पाण्डेको भनाइ छ । 

‘एकपटक संविधान संशोधनका लागि अन्तिम कोसिस गर्ने, वार्ता बाटै समस्या समाधान भयो भने सबैको हित हुन्छ । वार्ताको माध्यमबाट भएन भने सडक त छँदैछ । तर सकभर आन्दोलनमा जान नपरोस् भन्ने हो’ पाण्डेले भने ।  

पार्टीको आन्तरिक छलफलबाट आएका निष्कर्षले यसको निर्धारण गर्ने र सरकारमा बस्ने या नबस्ने भन्ने कुरा प्रधान विषय नभएको पाण्डेले बताए ।