१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ७ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

डा. सिके राउत चढेकाे जिपसँगै कुदेर अंगरक्षकले दिए सुरक्षा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ७ शनिबार १६:५३:००

जनमत पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको रंगभेदविरुद्धको एकता दिवसमा सहभागी हुन डा. सिके राउत निकै कडा सुरक्षासहित पुगे । उनी चढेको सवारीको दायाँ बायाँ उनको अंगरक्षकले दौडेर सुरक्षा दिइरहेका थिए ।

आमसभास्थल भृकुटीमण्डप पुग्ने बेलामा सिके राउत चढेको जिप विस्तारै गुड्यो । उनी चढेको जिपको दायाँ बायाँ सुटमा सजिएका उनका अंगरक्षकले दौडेर सुरक्षा दिएका थिए । पुतलीसडकबाट भृकुटीमण्डप मोडिएदेखि सभास्थलसम्म राउत चढेको जीपसँगै कुदेर अंगरक्षकले सुरक्षा दिएका थिए ।