मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:१७:००
Read Time : > 1 मिनेट
सप्तरंग

‘ढल्क्यो जवानी’ले स्थापित : राधिका हमाल, लोकदोहोरी गायिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:१७:००

‘गड गिफ्ट’
कतिपय प्रतिभा ‘गड गिफ्ट’ नै हुन्छ भनिन्छ । मेरो सवालमा पनि स्वर सायद ‘गड गिफ्ट’ नै हो कि भन्छु । किनभने, मेरो परिवारमा कोही पनि यो क्षेत्रमा हुनुहुन्नथ्यो । म सामान्य परिवारमा जन्मेकी हुँ । तर, म सानैदेखि गाउन भनेपछि एकदम हुरुक्कै हुन्थेँ भनेर आमाबाले भन्नुहुन्छ । रुँदै गर्दा पनि रेडियोमा गीत बज्यो भने रुन छोडेर गाउन थाल्थेँ रे । मेरो आवाज पनि राम्रो भएकाले विद्यालयका प्रतियोगिताहरूमा प्रायः पहिलो नै हुन्थेँ ।


 
जेठाजुको अभिभावकत्व र श्रीमान्को साथ
मेरा जेठाजु इन्द्र यात्री त्यसवेलाका चर्चित गायक हुनुहुन्थ्यो । उहाँ हामीलाई गीत गाउन लग्नुहुन्थ्यो । मलाई यो क्षेत्रमा लाग्नका लागि बाटो देखाउनुहुने उहाँ नै हो । हौसला, सुझाब दिनुहुन्थ्यो । आज म जुन स्थानमा छु, त्यो उहाँकै अभिभावकत्वले हो । तर, ०६४ मा हृदयाघात भएर उहाँ बित्नुभयो । त्यसपछि र त्योभन्दाअघि पनि श्रीमान्को साथ र सहयोग अतुलनीय नै छ । 

 तीनपटक उत्कृष्ट गायिका
मैले विभिन्न गीतबाट चर्चा पाएँ । मैले गाएका गीतहरू अधिकांश चले । सबैले रुचाए । ०५९, ०६१ र ०६३ मा उत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएँ । तिज गायनमा त मलाई ‘क्विन’ नै भन्नुहुन्छ । मैले गाएका अधिकांश तिज गीतहरू चर्चित छन् । मैले आफूलाई कम दुःख गरेर धेरै सफलता पाएको व्यक्तिका रूपमा लिने गरेकी छु । 

तिज गायनमा त मलाई ‘क्विन’ नै भन्नुहुन्छ । मैले गाएका अधिकांश तिज गीत चर्चित छन् । मैले आफूलाई कम दुःख गरेर धेरै सफलता पाएको व्यक्तिका रूपमा लिने गरेकी छु । 


 ‘ढल्क्यो जवानी’ले स्थापित गरायो
सबै गीत चलिरहेका थिए । तर, जब ‘ढल्क्यो जवानी’ गीत आफ्नै लय र शब्दमा आयो, सर्वाधिक चर्चा पायो । त्यसमा मैले नयाँ प्रयोग गरेँ । जुन ‘ढल्क्यो जवानी’ कोरस लोकदोहोरीमा नयाँ प्रयोग थियो । त्यसले गर्दा कतिपयले राम्रो होइन पनि भने, तर त्यसैको निरन्तरतास्वरूप आजभोलि प्रायः लोकदोहोरीमा कोरसको प्रयोग गरेको पाइन्छ । यसले नै हो, मलाई देशमा मात्रै नभएर विदेशमा समेत चर्चा दिलाएको । धेरै लाइभ सोहरू गरेँ । त्यसयता पछि फर्केर हेर्नुपरेको छैन । 

मेरा अन्य गीतहरू पश्चिमेली भाकामा भएकाले पश्चिमतिर मात्रै सुनिन्थ्यो । पश्चिमतिरका लोक तथा दोहोरीप्रेमीहरूले मेरा गीत सुन्थे । तर, ढल्क्यो जवानी आएपछि पूर्व–पश्चिमका दर्शक तथा श्रोताले रुचाउनुभयो । यही गीतका कारण म पूर्वको धेरै ठाउँमा गाउन गएकी छु । फेरि जाने तयारीमा छु । त्यसैले जीवनको सबैभन्दा महत्वपूर्ण खुट्किलोचाहिँ यही गीतलाई लिन्छु ।