मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उत्कृष्टता शिक्षाले नभई व्यवहारले झल्काउँछ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १७:५०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट मानिस भनेको पढाई मात्र नभई व्यवहारबाट हुने बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले शिक्षा लिने मात्र नभई व्यवहार पनि परिवर्तन गर्नुपर्ने बताए । 

ओलीले लैङ्गीक विभेद अन्त्यमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । दिक्षान्त समारोहमा दिक्षित एक हजार ६ सय चार मध्ये आठ सय ६३ महिला थिए । प्रधानमन्त्रीले आत्मविश्वासका साथ काम गर्न दीक्षितहरुलाई आग्रह गरे । 

प्रमुख अतिथी भारतको मणिपाल विश्वविद्यालयका अध्यक्ष डा.के रामनारायणले रोग निको पार्न मानवताले सहयोग गर्ने तर्क गर्दै चिकित्सकले शक्ति, आशा र मायाको सञ्चार गराउदै स्वस्थ्य जीवन दिनको लागि प्ररित हुनु पर्नेमा जोड दिए ।

१६०४ दीक्षित, २४६ विदेशी 
समारोहमा एमसिएच, डीएम, एमडी, एमएस, एमएससी र एसडीएसका १ सय ४८ जना, एमविविएसका  एक हजार ९, विडिएसका दुई सय १, विएस्सी नर्सिङ्गका एक सय १६ र विपिटीका २४ जना दीक्षित भएका छन् । दीक्षित मध्ये २ सय ४६ जना भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका र बेल्जियमका छन् ।

स्नातक तह एमबिबिएसमा सबै भन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अंक ल्याउने लुम्बिनी मेडिकल कलेजका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरे ।