मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर ६ शुक्रबार १७:०९:००
Read Time : < 1 मिनेट
समाचार

तत्कालै अन्तर्राष्ट्रिय अदालत नगए सीमा मिचिएको बिषय जटिल बन्छ : बिजुक्छें

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर ६ शुक्रबार १७:०९:००

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले नेपाली भूमि मिचेको विषयमा तत्कालै अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताएका छन् । 

सरकारले सीमा अतिक्रमणको विषयलाई सामान्यीकरण गर्न कोसिस गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘भारतले जानाजान नेपाली भूमि मिचेको छ, यसबारे ३५ दिन भित्र अन्तर्राष्ट्रिय अदालतमा नगए बिषय जटिल बन्छ तर, सरकार यसबारे गम्भीर देखिएन ।’ 

उनले सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रिय अदालत या संयुक्त राष्ट्र संघमा लैजानुपर्ने बताए । उनले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठोस पहलतर्फ लाग्न नसक्नु कमजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै वहानमा झुकेको आरोप लगाए ।

संघीयता कार्यान्वयनपछि मुलुक झन् जटिलतातर्फ धकेलिएको उनको आरोप थियो । उनले तीन तहका सकरकार बनेपछि झनै जटिलता निम्तिएको र सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने नाराले भ्रम पैदा गरेको बताए । उनले नेकपा सरकारले सिंहदरबारको अधिकारभन्दा बढी सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँ पु¥याएको आरोप लगाए ।