मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ

नेपालगन्जमा एनसेल सेन्टर 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०६:४४:००

टेलिकम सेवाप्रदायक एनसेलले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउने उद्देश्यले नेपालगन्जको पुष्पलालचोक–२ मा सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । 

एनसेलका प्रमुख प्राविधिक अधिकृत अदिल इस्रारले बिहीबार सेन्टरको उद्घाटन गरेका हुन् । ‘आज, भोलि, सधैँ सँगै’ नारका साथ सञ्चालित सेन्टरबाट सम्पूर्ण ग्राहक सेवा उपलब्ध हुने बताइएको छ । 

सेन्टर सञ्चालनको अवसरमा कम्पनीले आकर्षक योजनासमेत ल्याएको छ । योजनाअन्तर्गत ७ मंसिरसम्म नेपालगन्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले ३ दिनका लागि मान्य हुने १ जिबी डेटा भोलुम निःशुल्क तथा सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले आकर्षक उपहारसमेत पाउनेछन् । 

सेन्टरबाट एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवा लिन सकिन्छ । साथै, आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बर र विजप्लान बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्ने सुविधासमेत उपलब्ध हुनेछ । एनसेलले हाल देशका विभिन्न भागमा ३० एनसेल सेन्टर सञ्चालन गरेको छ ।