मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १८:३०:००
Read Time : < 1 मिनेट
समाचार

तिनाउमा एक लाख माछाका भुरा छाडियो

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १८:३०:००

पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घट्दै गएपछि रुपन्देहीका किसानले तिनाउ खोलामा माछाका भुरा राखेका छन् ।  

विश्व मत्स्य दिवसको अवसर पारेर रौउ र नैनी जातका एक लाख भुरा माछा खोलामा छोडिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपुर जोनका अधिकृत रमेश जैसवालले बताए । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट खोलामा बगाइने फोहोरले खोलाको पानी दुषित बने सँगै खोला तथा नदीमा जलचर प्राणी लोप हुने अवस्थामा पुगेको जैसवालले बताए । 

खोलामा प्रदुषण बढेपछि त्यसको असर माछामा देखिएको उनको भनाइ छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघ सस्थाहरुले बिहीबार पश्चिमअमुवामा ¥याली समेत निकालेका थिए । स्थानीय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकार सहितको ¥याली बजार परिक्रमा गरि तिनाउ खोलामा गएर माछाका भुरा राखेको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुषालले बताए ।

विसं २०७० सालसम्म रुपन्देहीका दक्षिण भेगका बाजिया, कलवार ठहरे लगायतका समुदायले तिनाउ नदीमा माछा मारेर जिवीका चलाउँदै आएका थिए । अहिले खोलामा माछा पाइन छाडेको छ । माछालाई खोलामा बाच्नसक्ने गरि सफा राख्न सबै स्थानीयसँग रुपन्देहीका किसानले आग्रह गरेका छन् ।