१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार

कास्कीमा सवारी दुर्घटना, १० घाइते

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १८:०२:००

सवारी दुर्घटनामा परि कास्कीमा बिहीबार १० जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ स्थित भदौरे डाँडामा पोखराबाट सल्यान तर्फ जाँदै गरेको बसलाई बिपरित दिशाबाट आउदै गरेको ग १ ख ३७७६ नम्बरको बसले साईड दिदा बस सडकबाट बायाँ साईडमा पल्टिएको थियो । 

बसमा २२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सुचना अधिकारी दिपक रेग्मीले जानकारी दिए । 

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

घाइते हुनेहरुमा पोखरा महानगरपालिका ७ रत्नचोकका ३८ वर्षीय खुसिमान गुरुङ, पोखरा मासबारका ६३ वर्षीय रत्न बहादुर गुरुङ, पोखरा ८ सिर्जनाचोककी ५८ वर्षीया आईत कुमारी गुरुङ, पोखरा ९ नागढुङ्गाकी २१ वर्षीया आहाना गुरुङ, पोखरा घारिपाटनकी ४३ वर्षीया नाम्चा गुरुङ, पोखरा २७ लेखनाथकी ४८ वर्षीया बिष्णु गुरुङ, पोखरा १७ डेभिजफल्सकी ५२ वर्षीया देउ कुमारी गुरुङ, अन्नपुर्ण गाउँपालिका १ काफलकी ७५ वर्षीया आश कुमारी गुरुङ, पर्वत कुस्मा नगरपालिका १४ आर्थरकी ४० वर्षीया पबित्रा गुरुङ र पोखरा १९ लामाचौरका ५७ वर्षीय मैते प्रसाद गुरुङ रहेका छन् ।