मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार

जिसस पाल्पाका प्रमुख बस्यालको निधन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १७:४९:००

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो । 

यूनाइटेड मिशन अस्पताल तानसेनमा उपचार गराइरहेका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट ग्रसित रहेका थिए । 

२००९ सालमा बगनासकाली ६ यम्घा थामडाँडामा जन्मीएका बस्यालले पाल्पाको कम्युनिस्ट पार्टीको संगठन विस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेका थिए । लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यमिक विद्यालयको प्रधानअध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, भएर उनले सेवा दिएका थिए । 
बस्यालको श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

उनको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजेदेखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउँसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।