मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार

जंगलमा मानव कंकाल फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १७:३४:००

पाल्पाको तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जंगलमा मानव कंकाल भेटिएको छ । भूतखोला नजिकैको जंगलमा पहचिान नखुलेको मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृष्ण सापकोटाले बताए । उक्त कंकाल कस्को हो भन्ने बिषयमा अनुसन्धान भइरहेको उनले बताए । 

कंकालको अवस्था हेर्दा मानिसको झुण्डिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । कंकालसँगै अनेरास्ववियु (क्रान्तिकारी) लेखिएको टिसर्ट पनि फेला परेको छ । उक्त टिसर्ट तत्कालिन माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीले वितरण थियो । 

कंकाल कति समय पुरानो हो र महिलाको हो कि पुरूषको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।