मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार

निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई कांग्रेसको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १७:२५:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ । 

नेपाली कांग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो । 

उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको सो समितिका संयोजक एवम् कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसले उपनिर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधिमा रोक लगाउन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । मतदातालाई प्रभावित पार्नेगरी कम्मल बाँडने, डोजर चलाउने लगायतका काम सरकार र सत्तारुढ दल नेकपाका सांसदहरुले गरिरहेकाले त्यसमा रोक लगाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु परेको संयोजक लेखकले बताए । 

नेपाली कांग्रेसले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । कांग्रेस नेता लेखकले सामान्य बहुमतको आधारमा संवैधानिक परिषदले निर्णय गर्ने गरी ऐन अध्यादेशमार्फत ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउए । 

नेता लेखकले संविधान विपरित संवैधानिक परिषदको ऐन अध्यादेशमार्फत ल्याउने काम नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।