१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार

तीनदिन सुत्केरी व्यथाले थलिएकी महिलाको उद्धार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १७:१७:००

उपल्लो डोल्पामा तीन दिनदेखि सुत्केरी ब्यथाले थलिएकी गर्भवती महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका ८ रिग्मो गाँउकी ३० वर्षीया टसीमिन्डीत रोकाया सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रिय अस्पतालमा लगिएको हो । 

तीन दिन देखि सुत्केरी ब्यथाले थला परेको रोकायको बच्चा चल्न छोडेको र बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि हेलीकोप्टरद्वारा अस्पताल लगिएको उनका श्रीमान् पूर्वातुण्डुप बैजिले जानकारी दिए ।

गाउँ नजिकै रहेको फोक्सुण्डो स्वास्थ्य चौकीमा भएका एचएले उपचारको लागि बाहिर लैजान बताएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको उनले बताए । 

जिल्ला प्रशासन कार्यालय डोल्पाको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट  महिलाको उद्धार गरिएको हो । 

यही सातामा मात्र फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवती महिलाको उद्धार गरिएको छ । साथै हेलिकोप्टर आउन ढिला भएको कारण जगदुल्लाबाट उद्धार गरिएकी एक महिलाको मृत्यु भएको छ ।