मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १६:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नवनियुक्त मन्त्रीद्वारा पदभार ग्रहण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १६:३८:००

नवनियुक्त मन्त्रीहरुले बिहीबार दिउँसो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद हेरफेर पछि बिहान शपथग्रहण भएको थियो । सपथग्रहण सकिएसँगै नवनियुक्त मन्त्रीहरुले पदभा ग्रहण गरेका छन् । 

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै सबै मन्त्रीले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका छन् ।

कृषिमन्त्री भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरे  । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना रहेको बताए  । 

त्यस्तै सामान्य प्रशासनमन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफु लागिपर्ने बताएका हन् । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताए ।

यातायातमन्त्री नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाई छ ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव स्वीकृत गरे । महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई

अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्वीकृत गरेका हुन् ।
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।